धरान : इटहरी ६ धरान रोडस्थित एक थेरापी सेन्टर अगाडी बेहोस भएर लडेकी एक महिलाको उद्धार गरिएको छ । 

धरान रोड स्थित लन्डन होटलसंगै रहेको एक थेरापी सेन्टरमा उपचार गर्न आएकी इटहरी–८ भुर्की निवासी फुलकुमारी चौधरी बेहोस भएर लडेकी थिइन । उनको इटहरीका व्यवसायी एवं बुल्स एलेभन क्लबका अध्यक्ष पूर्ण राईले उद्धार गरी उपचारार्थ अधिकारी मेडिकल हलमा पुर्‍याएका थिए । 

उनको अहिले सोही मेडिकल हलमा उपचार भइरहेको छ । चौधरीको उपचारार्थ लाग्ने सबै उपचार खर्च राईले नै उपलब्ध गराउने बताइएको छ । बाटो हिँडिरहेको बेला बेहोस अवस्थामा भेटिएकी ती महिलालाई मानवीय नाताले आफूले सहयोग गरेको राईले बताए ।