धरान : धरानका मेयर हर्क साम्पाङको खानेपानी अभियान अन्तर्गत पकुवा खोलाबाट खानेपानी धरान ल्याउने अभियानको काम ९९ प्रतिशत पुरा भएको छ । 

मेयर साम्पाङले आज पकुवा खोलामा सञ्चारकर्मीसँग भने-'पकुवाबाट धरान खानेपानी लाने कामको योजना ९९ प्रतिशत पुरा भयो । अव निशाने खोलाबाट अर्को खानेपानीको मुहान थप गरेर खानेपानी धरानेलाई खुवाउने अभियानमा छु ।'

मेयर साम्पाङको अभियान अन्तर्गत हरेक शनिवार बृक्षरोपण गर्ने भने अनुसार आज पकुवा खोलाको खानेपानी मुहान क्षेत्रमा बृहत् बृक्षरोपण समेत गरिएको छ । वृक्षारोपण गर्न पुगेका मेयर साम्पाङ आज हप्ता दिन पछि खानेपानीको मुहान पकुवा पुगेका हुन् । खानेपानीको मुहानमा मोहनबाट ल्याएको मुख्य पाइपमा ढुङ्गा र बालुवा पसेर जाम भएकोले मुहानको सुधार गर्ने काम भएको थियो । 

मेयर साम्पाङको नेतृत्वमा मुहान सुधार गरी खानेपानीको मुख्य इन्टेकमा आउने पहिलो इन्टेकमा पानी झार्न खोला नै च्यानलिङ गरेर खानेपानीको मुहान सुधार गरिएको हो । 

पकुवा खोलामा आज विभिन्न प्रजातिका सयौँ बिरुवा रोपिएको छ । सयौँ सर्वसाधारणको सहभागितामा बृक्षरोपण भएको हो भने अहिले दिउसो निशाने खोलामा खानेपानीको काम गर्ने मेयर साम्पाङले बताए । 

Pakuwa-2 9Pakuwa-3 9Pakuwa-4 9Pakuwa-5 9Pakuwa-6 9