धरान : ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । 

कुटपिट गर्ने श्रीमानलाई प्रहरीले  नियन्त्रणमा लिएको छ । शुक्रवार बेलुका ५ बजे फुङ्लिङ-९ का ६५ वर्षीय बल बहादुर साँवाले आफ्नै श्रीमती ५४ बर्षीया कान्छीमाया लिम्बूलाई घरायसी वाद विवादका कारण कुटपिट गर्दा कान्छीमायाको घटना स्थलमा नै मृत्यु भएको हो । 

घटनाको जानकारी पाए लगतै तत्काल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षकको टोली खटी कुटपिट गर्ने साँवालाई पक्राउ गरेको छ भने मृतक शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल पठाएको छ भने  घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।