धरान : मोरङ प्रहरीले ३५ हजार बरावरको रक्सी बरामद गरेको छ । 

मोरङको जहदा गाउँपालिका १ कालाबंजरामा नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजाँदै गरेको १५० कार्टुन दिलवाले रक्सी नियन्त्रणमा लिइएको छ ।

आइतबार राती १० बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को १ त ५९१३ नम्बरको ट्याक्टरमा लोडगरी लैजाँदै  गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

प्रहरीलाई देख्न साथ चालक गाडी छोडी फरार रहेकाले खोजतलास भइरहेको छ । नियन्त्रणमा लिएको रक्सी आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय इटहरीमा पठाउने पहल भइरहेको छ ।