झापा : झापाको बुद्धशान्ति गाउँपालिका-६ मा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार दिउँसो बुद्धशान्ति-४ का चन्द्र मावोको १२ वर्षीय छोरा इचिहाङ मावो कुलोको पानीमा पौडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको हो । मृतक बालकको शवलाई पोस्टमार्टमको लागि मेची अस्पताल पठाएको प्रहरीले जानकारी दिएको छ ।