धरान : गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका धरान उपमहानगरपालिका वडा नम्बर ४ र ५ का जनप्रतिनिधिलाई किरात रदु नाछिरिङ, शान्ति क्लब र मुना क्लबले सम्मान गरेको छ ।

शुक्रवार देबिगाउँ मुना क्लबको हलमा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको चन्द्र सोताङले जानकारी दिए । वडा नम्बर ४ का वडाअध्यक्ष नाछिरिङ समुदायका हुन । वडा नम्बर ४ का जनप्रतिनिधिहरू वडाअध्यक्ष धनबहादुर नाछिरिङ राई, सदस्य राजन चाम्लिङ , मिना तामाङ, गोरसमान आले र लीला देवी गहतेलाई सम्मान गरिएको हो ।

त्यसैगरी धरान उपमहानगर वडा नं ५ का जनप्रतिनिधिहरू वडाध्यक्ष मनप्रसाद लिम्बू सदस्यहरू विजय राई, सुनिता राई, प्रेम दाहाल, शान्ति लगुनलाई पनि सम्मान गरिएको छ। सम्मान कार्यक्रमको सञ्चालन चन्द्र सोताङले गरेका थिए ।

कार्यक्रममा स्थानीयहरूको सहभागिता रहेको थियो । कार्यक्रममा मुना क्लबको अध्यक्ष वीर बहादुर नाछिरिङ, शान्ति क्लबको अध्यक्ष मिलन राईले  मन्तव्य राखेका थिए ।