धरान : आज बिहान नेपालको पूर्वी भेगमा भूकम्पको धक्का महसुस भएको छ । 

बिहान ८ बजेर १३ मिनेटमा धरान, इटहरी लगायत पूर्वका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको हो ।

पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार भोजपुरलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८: १३ बजे भुकम्प गएको हो।

पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो।