धरान : डिपो स्कुलको आयोजना तथा धरान बास्केटवल संघको प्रविधिक सहयोगमा आयोजित प्रदेश १ स्तरिय अन्तर स्कुल मेजर श्रवणकुमार लिम्वु मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको पहिलो दिन सगरमाथा स्कुल, चिल्ड्रेन एकेडेमि, टावर टेम्पल स्कुल विर्तामोड र कार्मेल हाइ स्कुल विजयी भएका छन ।

आइतवार देखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सगरमाथा स्कुलले युएन स्कुललाई २४-२२, चिल्ड्रेन स्कुलले हिमशिखर तरहरालाई ३४-१४, टावर टेम्पल स्कुल विर्तामोडले धरानको सुनाखरी स्कुललाई ३९-२ र कार्मेल स्कुलले दिल्लि पव्लिक स्कुललाई २६-१५ अकंको अन्तरले पराजित गरेका छन ।

प्रतिश्पर्धात्मक भएको पहिलो खेलमा सगरमाथा स्कुल र युएन स्कुलले प्रत्येक क्वाटरमा ७-६, ०-४, ८-६ र ९-६ अंक जोडेका थिए । दोस्रो खेलमा चिल्ड्रेन स्कुल र  हिमशिखर स्कुलल तरहराले ७-७, ४-३, ११-४ र १२-० अंक जोडेका छन । यसैगरि तेस्रो खेलमा टावार टेम्पल र सुनाखरी  स्कुलले १२-०, १४-०, ९-० र ५-२ अंक जोडे । चौथो खेलमा कामे्रल स्कुल र दिल्लि पव्लिक स्कुलले २-२, ६-२, ११-९ र ९-२ अंक जोडे ।

आइतबार देखि सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका प्रमुख मेयर हर्क साम्पाङ राई र कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्वरवहादुर लिम्वुले संयुक्त रुपमा पानसमा दिप वालेर गरेका थिए । प्रमुख अतिथि मेयर साम्पाङले धरानको खेलकुद क्षेत्रको विकासमा केन्द्र र प्रदेश सरकारले नै विशेष योजना र लगानि गर्नु पर्ने मन्तव्यको क्रममा वताए । स्थानिय सरकारले यसमा सहकार्य गर्ने हो, हामि त्यसैमा अल्झिएका छौ । धरानको खेलकुद र खेलाडिको उत्पादनमा नगरले कुनै कन्जुस्याइ नगर्ने समेत मेयर साम्पाङले वताए ।

डिपो स्कुलले विद्यालयको व्यवस्थापन समिति पुर्व अध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्वुको सम्मानमा प्रतियोगिता आयोजना गरे पनि बास्केटवल खेल र खेलाडि उत्पादनमा यसको महत्वपुर्ण भुमिका रहने कार्यक्रमका विशेष अतिथि सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले मन्तव्यको क्रममा वताए ।

प्रतियोगिता डिपो स्कुल व्यवस्थापन समितिका पुर्व अध्यक्ष मेजर श्रवणकुमार लिम्वुको सम्मानमा आयोजना गरिएको हो । बिक्रम सम्बत् १९९४ मा जन्मिएका लिम्वुको २०७८ श्रावण १५ गते ८३ वर्षको उमेरमा निधन भएको थियो । उनले २०४७ देखि २०६२ साल सम्म विद्यालयको व्यवस्थापन समितिमा सल्लाहकार, २०५९ साल देखि विद्यालयको वोर्ड अफ ट्रस्ट्रिजमा अध्यक्ष र २०६२ साल देखि निरन्तर व्यवस्थापन समितिको अध्यक्षको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

प्रतियोगितामा धरान र धरान वाहिरका गरि १६ वटा विद्यालयले सहभागिता जनाएका छन । प्रतियोगिताको सम्पुर्ण खेल आयोजक डिपो स्कुलको बास्केटवल कोर्टमा संपन्न गर्ने तयारी भएता पनि उद्घाटन कार्यक्रमको क्रममा पानी पर्न सुरु भएपछि  प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो खेल धरान-१६ स्थित कर्भडहलमा संपन्न भएको थियो । अन्य दिनमा पनि वर्षाले खेल संचालनमा वाधा पुर्याए बाँकी खेल समेत धरान-१६ स्थित कर्भडहलमा आयोजना गरिने डिपो आर्दश वहुमुखि क्याम्पसका प्रमुख राजकुमार राईले बताए ।

उद्घाटन कार्यक्रममा विद्यालय वोर्ड अफ ट्रस्ट्रिज कार्यवाहक अध्यक्ष भिमराज लिम्वु, प्रतियोगिताका संयोजक एवं व्यवस्थापन समिति सदस्य विरेन्द्र विक्रम लिम्वु, व्यवस्थापन समिति सदस्य सुर्य पन्धाक, धरान बास्केटवल संघका सस्थापक डिएसपि खेगेन्द्र रिजाल लगायतको उपस्थिति रहेको थियो ।

सोमबारको पहिलो खेल आयोजक डिपो स्कुल विरुद्ध होलिल्याण्ड स्कुल, दोस्रो खेल समिट स्कुल विरुद्ध लोटस स्कुल र तेस्रो खेल सियोन स्कुल विरुद्ध विश्वआर्दश स्कुल इटहरी विच हुनेछ ।