झापा : झापाको मेचीनगर नगरपालिका १४ दुवागढीबाट नियन्त्रित लागुऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय जेगुन खातुन रहेकी छन् । खातुनले घरबाट नै लागुऔषध गाँजा बिक्री वितरण गर्ने गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले आइतबार राती सवा १० बजे खातुनलाई घरबाट नै पक्राउ गरेको हो । पक्राउ परेकी खातुनको घर कोठाबाट प्रहरीले २ केजी ५०० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।
लागुऔषध गाँजा सहित पक्राउ परेकी खातुनको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।