धरान : तेह्रथुमको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्त बहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । 

आज बिहान सवा ६ बजेको समयमा भण्डारीका २४ वर्षीय छोरा टङ्क भण्डारीले अचानक धान कुट्ने मुश्लिले बुबालाई टाउकोमा प्रहार गरी घाइते बनाएका थिए ।

प्रहरी चौकी शुक्रवारेबाट प्रहरी टोली खटी गई घाइतेलाई उपचारको लागी छथर अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न छोरा टङ्क भण्डारी तत्काल फरार रहेको र निजको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।