धरान : मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित सडक खण्डमा बसबाट लड्दा एक जना वृद्धको मृत्यु भएको छ । 

आज बिहान ११ बजे कानेपोखरीबाट रंगेली तर्फ जाँदै गरेको को.१ ख ४१८८ नम्बरको बसमा सवार रहेका कानेपोखरी–२ मोरङका ७३ वर्षीय बलभद्र पराजुली बसबाट ओर्लने क्रममा लडी घाइते भएका थिए ।

घाइते पराजुलीको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त बस र चालक रतुवाईमाई नगरपालिका–२ का बाबुराम टुडुलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।