धनकुटा : धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. ६ फेदीबाट लागुऔषध गाँजा सहित दुई जनालाई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 
पक्राउ पर्नेमा धनकुटा शहिदभुमि गाउँपालिका ७ बस्ने २६ वर्षीय प्रदीप राई र सोही स्थानका अर्का एक जना बालक रहेका छन् । मंगलबार दिउसो १२ बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गुठ्ठीटारबाट भेडेटार तर्फ जाँदै गरेको को ३९ प ६५६७ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूको साथबाट लागुऔषध गाँजा ५ किलोग्राम सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ।
: पक्राउ परेका मध्ये एक जना बालक रहेको हुनाले नाम र तस्बिर सार्वजनिक गरिएको छैन ।