धरान : झापाको मेचीनगर  नगरपालिका ६ मेचिडाँडा छेउमा अवैध रूपमा भारत तर्फ लैजाँदै गरेको १५० केजी सुपारी बरामद भएको छ । 

बिहीबार अपराह्न ४ बजे इलाका प्रहरी कार्यालय काकडभिट्टबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको सुपारी बरामद गरेको हो ।

बरामद भएको सुपारी आवश्यक कारबारीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।