धरान : धरानको खानेपानी अभियानलाई सफल बनाउन धरानका भारतीय भूपू सैनिक परिवार र हङकङमा रहेका धरानवासीले लाखौँ रुपैयाँ सहयोग गरेका छन् । 

शुक्रवार भूतपूर्व भारतीय सैनिकहरूले ३ लाख २१ हजार ९ सय ६६ रुपैयाँ मेयर हर्क साम्पाङको खानेपानी अभियानलाई सहयोग गरेका छन् । उनीहरूले सो रकमबाट ३ लाख ४ हजार १ सय ९ रुपैयाँ बराबरको १० इन्चे प्लास्टिकको पाइप खरिद गरेर मेयर साम्पाङलाई हस्तान्तरण गरेका हुन भने बाँकी रकम खानेपानी अभियानका प्रोजेक्ट म्यानेजर दत्तकुमार लिम्बुलाई हस्तान्तरण गरेका छन् ।

Sahayog-2

यसै गरी हङकङमा रहेका धराने युवाहरूको समूहले १ लाख ७४ हजार ३ सय रुपैयाँ रकम सङ्कलन गरी पठाएको र त्यो रकमबाट ७ वटा १० इन्चे पाइप खरिद गरेर मेयरलाई हस्तान्तरण गरिएको छ । 

यसै गरी धराने समूह हङकङले पनि १ लाख ५७ हजार रुपैयाँ सङ्कलन गरी मेयरको खानेपानी अभियानलाई सहयोग गरेका छन् । शुक्रवार धरान खानेपानी आयोजनाको कार्यालयमा उनीहरूले मेयर साम्पाङलाई सहयोग रकम र पाइप हस्तान्तरण गरिएको हो । 

Sahayog-3