धरान : जिल्ला अदालत सुनसरीले ४ वर्ष अघि कैद र जरिवाना सजाय सुनाएका धरान-१७ का फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह आरआइटीबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत सुनसरीको मिति २०७६।०६।३० गतेको सजाय निर्धारण फैसला आदेशले ९ महिना २३ दिन कैद र ५ हजार रुपैयाँ  जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका धरान उपमहानगरपालिका-१७ डाडाँघोपा बस्ने २८ वर्षीय सोमान खत्रीलाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका फरार प्रतिवादी खत्रीलाई सुनसरी जिल्ला अदालतले कैद भुक्तानको लागी झुम्का कारागार सुनसरी पठाएको छ ।