चतरा : वराहक्षेत्र वडा नं ६ चक्रघट्टिमा आईएमई लाइफ इन्स्योरेन्स इनरुवा र रामधुनी शाखाले निःशुल्क दन्त शिविर कार्यक्रम आयोजना गरेको छ । 

मङ्गलवार भएको शिविर साना किसान कृषि सहकारी चकघट्टिको संयोजनमा भएको थियो । आई एम ई लाइफ इन्स्योरेन्स कम्पनीले ५ औँ वार्षिक उत्सवको अवसरमा  निःशुल्क दन्त शिविर कार्यक्रम सञ्चालन गरिएको कम्पनीका इनरुवा शाखा प्रमुख पुष्कर पोख्रेलले बताए ।

इटहरी मेडिकल हल को प्राविधिक सहयोगमा सञ्चालन भएको कार्यक्रममा ८० जना ले दाँतको निःशुल्क उपचार गराएका थिए ।