धरान : लायन्स क्लब अफ धरान पञ्चकन्याले लायन्स क्लब अफ नेपालको ५२ औ स्थापना दिवस सामाजिक कार्य गरेर मनाएको छ ।

धरान पञ्चकन्याले धरानका विभिन्न पाँच वटा विद्यालय र सामाजिक संस्थाका विद्यार्थीहरूलाई स्टेसनरी समानहरु वितरण गरेर स्थापना दिवस मनाएको हो । पञ्चकन्याले धरान-१७ स्थित सयपत्री वाल विकास केन्द्र, दन्तकाली स्कुल धरान-१४, नेपाल बसोबास वस्ति संरक्षण समाज, धरान पोजेटिभ समूह र गृह श्रमिक महिला ढाका उद्यमी समाज नेपालको मातहतमा रहेका विद्यार्थीहरूलाई सहयोग हस्तान्तरण गरेका छन् ।

क्लबले दुई हजार ५ सय थान कापी र अन्य स्टेसनकी समान प्रदान गरेका हुन । लायन्सको “जहाँ आवश्यकता, त्यहाँ लायन्स” सिद्धान्तलाई अपनाउँदै नेपालमा लायन्स क्लबको स्थापना भएको ५२ औ वर्ष पुगेको अवसरमा सामाजिक कार्य गरेर स्थापना दिवस मनाइएको लायन्स धरान पञ्चकन्याका अध्यक्ष एकता श्रेष्ठले बताइन ।

सहयोग सामग्री कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर लायन्स धिरज गुरुङ पिएमजिएफ, फस्ट लेडि लायन्स रेखा गुरुङ, एरिया चिफ लायन्स कविता लिम्बु, युवा व्यवसायी सम्राट् श्रेष्ठ लगायतले वितरण गरेका थिए ।