चतरा : वराहक्षेत्र नगरपालिका वडा नं १ खारखोलाका नेपाली काँग्रेसका प्रदेश पार्षद समेत रहेका युवा नेता सन्तोष श्रेष्ठले वृक्षारोपण गरेर आफ्नो जन्मदिन मनाएका छन् । 

साउन २९ गते आफ्नो ३४ औँ जन्मदिनको अवसरमा वराहक्षेत्र-१ खारखोला (झण्डा चोक) स्थित सडक किनारमा सिरिस प्रजातिको बिरुवा रोपेर जन्मदिन मनाएका हुन् । 

धरान-इटहरीबाट चतरा प्रवेश गर्नेद्वारको रूपमा रहेको खारखोलालाई सुन्दर बनाउने उद्देश्य राखेर वृक्षारोपण गरिएको सन्तोष श्रेष्ठले बताए । जन्मदिनमा हुने खर्चलाई सामाजिक कार्यमा लगाएको श्रेष्ठले बताए । झण्डा चौकलाई सुन्दर बनाउने उद्देश्य राखेर ४२ वटा बिरुवा रोपिएको थियो । बिरुवालाई सुरक्षित गर्न ट्रि गार्ड समेत लगाइएको छ । 

श्रेष्ठले विगतका जन्मदिनको अवसरमा साधुहरूलाई भोजन  गराउने, चोकमा सुरक्षित यात्राकालागि बोर्ड, सिसी क्यामरा लगाएर जडान गरेका थिए । जन्मदिनको अवसरमा उदाहरणीय कार्य गर्दै आएका श्रेष्ठ वराहक्षेत्र फुटबल क्लबका सचिव, खारखोला युवा क्लबका अध्यक्ष तथा वराहक्षेत्र खेलकुद विकास समितिका सदस्य समेत हुन् ।