धरान : मोटरसाइकल चोरी मुद्दामा फरार रहेका धरानका बन्धन लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । 

मोटरसाइकल चोरी मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०६।१९ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना ५ दिन कैद र रु.५,००० (पाँच हजार) जरिवाना तोकिए पनि हाल सम्म फरार रहँदै आएका धरान-१५ का ३७ वर्षीय बन्धन लिम्बु  प्रहरीले पक्राउ गरेको हो ।

फरार रहेका लिम्बुलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT) समूहबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी जिल्ला अदालत सुनसरी बुझाइएको प्रहरीले जनाएको छ ।