धरान : उदयपुरको सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडक खण्डमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

कटारी नगरपालिका–८ कुरिभञ्याङमा मंगलबार बिहान दुर्घटना भएको हो । कटारीबाट घुर्मीतर्फ सिमेन्ट बोकेर जाँदै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर आफै अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपरमा सवार रहेका कटारी नगरपालिका–८ का ४५ वर्षीय नर बहादुर मगर र ४० वर्षीय मिर्चिङ कान्छा मगरको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनापछि टिपर चालक कटारी–११ का ध्रुव बस्नेत फरार छन् । उनको खोजी भइरहेका प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।