धरान : धरान-१७ डाँडा घोपामा अपरिचित व्यक्तिले धमाधम टहरा बनाउन थालेपछि नगर प्रहरी र स्थानीयवासीले भत्काई दिएका छन् । 

धरान-१७ डाँडा घोपा नमुना मार्ग टोल विकास संस्थाको  अगुवाइमा सर्दु खोला छेउमा अपरिचित ब्याक्तिहरुले जबरजस्ती  बनाउँदै गरेको टहरा सम्बन्धीत ब्यक्तिहरुलाइ नै भत्काउन वा टहरा नबनाउन अनुरोध गरे पनि जबरजस्ती गरेको कारण आज बुधवार बिहान ७ : ४५ बजे टोल विकास संस्थाका अध्यक्ष लीला बहादुर बुढाथोकीको अगुवाइमा नगर प्रहरी सहितको टोलीले टहरा भत्काएको हो ।

पटक-पटक नबनाउन आग्रह गरिए पनि अटेर गरी १० वटा टहरा बनाउने तयारी भइरहेको थाहा पाएर आफूहरूले सम्झाउँदा र नबनाउन आग्रह गर्दा पनि अटेर गरेर बनाएकोले भत्काइएको बताइएको छ । 

टहरा बनाईरहेकाहरुलाई धरान-१७ डाँडा घोपा नमुना मार्ग टोल विकास संस्थाका सचिव उद्दिम राई, सदस्य समुन्द्र राई लगायत अन्य सदस्यहरू र गाउँका ब्यक्तिहरुले टहरा बनाएको स्थलमागई टहरा भत्काएको अध्यक्ष लीलाबहादुर बुढाथोकीले बताए ।

अझैपनि अटेर गरी टहरा बनाउनेहरूले केही सामाग्री सो स्थलमा ट्याक्टरबाट ल्याएर झारेको बताइएको छ । सो जग्गा सार्वजनिक भवन,मन्दिर लगायत अन्य सार्वजनिक कार्यकालागि उपयोग गर्ने स्थानीयको भनाई छ । टहरा भत्काए पछि अहिले टहरा बनाउनेहरूले धाकधम्की दिइरहेको समेत अध्यक्ष बुढाथोकीले बताए । 

tahara-2