धरान : हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तिजको अवसरमा पिपल्स सप लायन्स तिज उत्सव सिजन २ धरानमा हुने भएको छ ।

पिपल्स सप र धरानका लायन्स क्लबको संयुक्त आयोजनामा यही भदौ ९ गते एक दिने उत्सवको आयोजना गर्न लागिरहेको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारहरूलाई जानकारी गराएका छन् । पहिलो संस्करण पछि कोरोना महामारीको कारण दुई वर्ष रोकिएको उत्सवलाई निरन्तरता दिनको लागि तिज उत्सवको आयोजना गर्न लागिएको पिपल्स सपका प्रोप्राइटर एवं एरिया चिफ लाएन कविता लिम्बुले जानकारी दिइन ।

पहिलो संस्करण पिपल्स सपको एकल आयोजना रहे पनि दोस्रो संस्करण धरानका लायन्स क्लबहरूको संयुक्त आयोजनामा गर्न लागिरहेको आयोजकले बताए ।

विशेष गरी महिला लक्षित उत्सवमा मनोरञ्जनात्मक कार्यक्रम सँगै उपस्थितिहरू मध्ये वाट मिस एन्ड मिसेज तिज उपाधि समेत प्रदान गरिनेछ । उपाधि विजेतालाई क्राउन र गिफ्ट ह्यापर प्रदान गरिने कार्यक्रमका संयोजक शिखा लिम्बुले बताइन् ।

यसैगरि सहभागीहरू वाट नै मिस एन्ड मिसेस् क्याटवक, वेस्ट ड्रेस, वेस्ट मेकअप, वेस्ट हेयर, वेस्ट ग्रुप डान्स, सोलो डान्स लगायत उपाधि प्रदान गरिने संयोजक लिम्बुले जनाए । उनीहरूले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।

धरान १५ स्थित किरात याकथुङ चुम्लुङ हिमको हलमा आयोजना हुने उत्सवमा मौलिक परिकार र सामग्रीहरूको स्टल समेत हुनेछ । स्टलमा मेहन्दी, नेल आर्ट, फुड स्टल, घरेलु सामग्री, सौन्दर्य सामग्री लगायत विक्रीका लागि राखिने छ ।

उत्सवको दिन लायन्स क्लब अफ पञ्चकन्याले शिक्षाको लागि एक रुपैयाँ रकम सङ्कलन अभियानको घोषण समेत गरिने लायन्स पञ्चकन्याका अध्यक्ष एकता श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराइन । एक करोड रुपैयाँ सङ्कलनको लक्ष्य सहित अभियान सुरु गरिने उनले बताए ।

उत्सवबाट उठेको रकमले काठमाण्डौमा उपचारार्थ क्यान्सर पीडित युमारानी लिम्बुलाई करिब दश हजार रुपैयाँ सहयोग गरिने एरिया चिफ लाएन कविता लिम्बुले बताइन् । पत्रकार सम्मेलनमा रिजन चियर पर्सन लाएन रुक्मिणी मास्के, जोन चियर पर्सन लाएन कमला लिम्बु, कृति श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।