धरान : मोरङ र उदयपुरमा भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

बिहीबार १ बजे मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का बल बहादुर दर्जीको ८ वर्षीय छोरा अन्जान दर्जी साथीहरूसँग गोही खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको छ । 

पानीमा डुबेको स्थानीयले फेला पारी उपचारको लागि मोरङ अस्पताल पथरी लगेकोमा अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको छ ।

यस्तै सुनसरीको इटहरी उप–महानगरपालिका १७ मा चट्याङले लागि एक जना महिलाको मृत्यु भएको छ । 

बिहीबार अपराह्न साढे तीन बजे घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङले लागि घाइते भएकी स्थानिय २७ वर्षीय केसी ऋषिदेवलाई उपचारको लागि एपेक्स अस्पताल इटहरी लगिएकोमा उनको उपचार हुन नसकी मृत्यु भएको हो ।

यसैगरी उदयपुरको ताप्ली गाउँपालिका १ मा खोलामा डुबी १ जनाको मृत्यु भएको छ । 

बुधवार बेलुका ६ बजे ताप्ली–१ मादलेका ३५ वर्षीय नगेन्द्र राई यारी खोलामा जाल हाली माछा मार्न गएकोमा २ गते बिहान दहमा डुबी मृत अवस्थामा फेला परेका थिए । इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी अधिकृतको टोली खटी मृतकको शवलाई पोस्टमार्टमको लागि कटारी अस्पताल पठाइएको र अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।