धनकुटा : धनकुटा जिल्लाको धनकुटा नगरपालिका-९ मुलघाटबाट प्रहरीले अवैध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ।
शुक्रवार राती ७ बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी चेकिङ टोलीले धनकुटाबाट धरान तर्फ आउँदै गरेको प्रदेश १-०२-०४४ प ३४१६ नम्बरको मोटरसाइकलमा सवार रहेका साँघुरीगढी गाउँपालिका-९ धनकुटाका २० वर्षीय सनिल राईले साथबाट ५ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
अवैध लागुऔषध गाँजा सहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको छ ।