धरान : धरानको निशाने खोलामा अढाई लाख लिटरको खानेपानी ट्याङ्की बनाउनका लागि विधिवत् पूजा गरी आइतबार शिलान्यास भएको छ । 

खानेपानीको ट्याङ्की निर्माणका लागि गोर्खा पिस फाउन्डेसनले सहयोग गरेको छ ।  ट्याङ्की निर्माणका लागि अनुमानित ५६ लाख रुपैयाँ लागत लाग्ने बताइएको छ । आइतबार विधिवत् पूजा गरेर शिलान्यास भएको ट्याङ्कीबाट १० इन्चे पाइपबाट धरान बजारमा खानेपानीको लागि लगिने मेयर हर्क साम्पाङले बताए ।

निशानेको ट्याङ्कीमा सर्दु, खर्दु र निशाने खोलाबाट पानी ल्याएर जम्मा गरिने छ । यसका लागि अहिले ट्याङ्की निर्माण स्थल नजिकै पानी ल्याइसकिएको छ । निर्माण सुरु भएको खानेपानीको ट्याङ्की तीन महिनामा निर्माण गरी सक्ने धरान खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजु पोखरेलले बताए ।

ट्याङ्की निर्माणमा गोर्खा पिस फाउन्डेसनले आर्थिक सँगै प्राविधिक  सहयोग गर्ने छ भने चाहीने ढुङ्गा, गिट्टी लगायतको सामाग्री जनश्रमदानबाट हुनेछ ।

Tanky