धरान : सुनसरी जिल्ला अदालतबाट कैद र जरिवाना भई फरार रहेका धरानका प्रेम तामाङ पक्राउ परेका छन् । 

सुनसरी जिल्ला अदालतको मिति २०७८।०७।१४ गतेको फैसला आदेशले ६ महिना  कैद र छ हजार जरिवाना भई हाल सम्म फरार रहँदै आएका धरान उप–महानगरपालिका-१५ का ३५ वर्षीय प्रेम तामाङ पक्राउ परेका हुन् ।

फरार प्रतिवादीको खोजतलासमा खटिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर आरआईटी समूहको प्रहरी टोलीले तामाङलाई हिजो धरानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई आज सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएकोमा तोकिएको  कैद भुक्तानको लागी कारागार पठाएको छ । उनी लागुऔषध कारोबारी रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।