धरान : धरान-१३ सूर्य मार्गबाट सुनसरी जिल्ला अदालतबाट कैद र जरिवाना भई फरार रहेका २८ वर्षीय हेमन्त राईलाई प्रहरीले पक्राउ गरेको छ । 

सुनसरी जिल्ला अदालतको मिति २०७८।०९।२६ गतेको फैसला आदेशले ६ महिना कैद २५ हजार जरिवाना तोकेको थियो । सोही समय देखि फरार रहेका राई धनकुटाको साबिक महाभारत-१ निवासी हुन् । 

सोमबार दिउसो ३ बजे धरान-१३ को सूर्य मार्गमा लुकी छिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख बुद्ध श्रेष्ठले जानकारी दिए । उनी लागुऔषध कारोबारीमा संलग्न रहेका थिए ।