धरान : धरान-१३ का १४ जना क वर्गका अपाङ्गता भएकालाई सोमबार राहत कार्ड र रासन वितरण गरिएको छ । 

धरान उपमहानगरपालिका १३ नम्वर वडा कार्यालयले साढे १२ केजीको दरले चामल, दाल, गेडागुडी, साबुन, तेल, नुन र दन्त मन्जन वितरण गरिएको धरान-१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए । 

अव देखि हरेक २–२ महिनामा वडा कार्यालयले उनीहरूले पाउने सेवा र राहत वितरण गर्ने बताइएको छ ।

Warda