धरान : धरान राउन्ड टेबल २६ ले सम्यक् शिक्षा आधारभूत विद्यालय धरान १७ मा अध्ययनरत बालबालिकाहरूलाई शैक्षिक सामग्री सहयोग गरेको छ । 

धरान राउन्ड टेबल २६ का अध्यक्ष अग्रिम खेतान को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कापी, शिशाकलम, ई लेजर, सापनर र मोजा बालबालिकाहरूलाई सहयोग गरेको हो ।

कार्यक्रममा अतिथिहरूमा धरान राउन्ड टेबलका भूतपूर्व अध्यक्ष एलके वियानी र निवर्तमान अध्यक्ष कृष्ण अटल रहेका थिए ।

धरान राउन्ड टेबल २७ का विद्यालय संयोजक दिनेश पाटवारी र सौरव अग्रवालको उपस्थित रहेको थियो । सम्पूर्ण विद्यार्थीहरूलाई जुस पनि वितरण गरिएको थियो ।