धरान : श्रीमतीको हत्या गरी फरार रहेका विनोदकुमार खत्वेलाई ४ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । 

सुनसरीको इनरुवा नगरपालिका-४ की २३ बर्षीया अनिता देवी खत्वेको हत्या गरी फरार रहेका उनकै श्रीमान् ३५ वर्षीय विनोद कुमार खत्वेलाई प्रहरीले पक्राउ गरेको हो ।

२०७४ साल ज्येष्ठ ४ गते राती श्रीमतीको हत्या गरी घटनास्थलबाट नै फरार रहेका खत्वेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले गत सोमबार साँझ पक्राउ गरेको हो ।

श्रीमतीको हत्या आरोपमा पक्राउ परेका खत्वेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।