चतरा : सुनसरीको वराहक्षेत्र नगरपालिका ९ स्थित सप्तकोशी नदीको भँगालोमा डुबेर एक जना बालकको मृत्यु भएको छ।
बुधवार दिउँसो पौने २ बजे सरस्वती मा.बि. राजाबासमा कक्षा ६ मा अध्ययनरत वराहक्षेत्र-९ राजाबासका राज कुमार माझीको १२ वर्षीय छोरा अमर माझी विद्यालयमा टिफिनको समयमा सप्तकोशी नदीको भँगालोमा पौडी खेल्ने क्रममा पानीमा डुबेको अवस्थामा स्थानीयले फेला पारेका थिए ।
बालकलाई उद्धार गरी उपचारका लागि नगर अस्पताल चक्रघट्टी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।