धरान : मोरङ र सुनसरीको छुट्टाछुट्टै दुई स्थानमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

बिहीबार बिहान साढे ८ बजे मोरङको विराटनगर महानगरपालिका-३ स्थित राजमार्गमा प्रदेश १-००२ ह ३९२ नम्बरको अटो ट्याम्पोले पैदल यात्री विराटनगर-१२ कि ७७ बर्षीया हिमा निरौलालाई ठक्कर दिँदा घाइते भएकी निरौलाको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याम्पो र चालक इटहरी-१० का ३८ वर्षीय गौरव कुरुम्बाङलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी बिहीबार दिउँसो १ बजे रामधुनी नगरपालिका-१ स्थित राजमार्गमा प्रदेश १-०४-००१ त ००८४ नम्बरको ट्र्याक्टरले साइकल यात्री स्थानिय ३४ बर्षीया मञ्जु चौधरीलाई ठक्कर दिँदा घाइते भएकी चौधरीको उपचारको लागि धरानको विपी प्रतिष्ठान ल्याइएकोमा अस्पताल पुर्‍याउना साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्र्याक्टर र चालक रामधुनी-४ का विजय उराउलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।