विराटनगर : मोरङको विराटनगर महानगरपालिका-१ का ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ । 
बिहीबार बिहान विराटनगर महानगरपालिका-११ मा रहेको कपडा फ्याक्ट्रीमा मेशिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका बिहारीको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।