धरान : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरानका मेयर हर्क साम्पाङको अभियानलाई प्रशंसा गरेका छन् ।  

जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रममा धरान आइपुगेका अध्यक्ष दाहालले सर्दु खोलाको ओशो पार्क जाने बाटोमा जेबी टुहुरेको स्मृतिमा बृक्षरोपण गर्नेक्रममा धरानका मेयर र उपमेयर दुबैलाई धन्यवाद दिए । धरानका मेयर हर्क साम्पाङको अभियान, धरान उपमहानगरपालिकाको अभियानमा आफू सरिक हुन पाएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष दाहालले भने-'आफ्नो बृक्षरोपण जनगायक जेबी टुहुरेमा समर्पित गरेको छु ।'

मेयर साम्पाङको कामलाई सिङ्गै देशले गम्भिरतापुर्वक हेरेको छ । हामी कम्युनिष्ठहरुले र विषेशगरी माओबादीले गर्नुपर्ने काम मेयर साम्पाङले गरिरहनुभएको छ भन्दै अध्यक्ष प्रचण्डले धरानका मेयर हर्क साम्पाङबाट प्रेरणा लिन आग्रह गरे । मेयर साम्पाङलाई यो अभियानमा लागि रहन र जनताको साथ पाइरहन सुझाव पनि दिए । एक अर्को फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डलाई मेयर हर्क साम्पाङले अस्ति काठमाडौँ आउँदा बोलाएको छु भनेको थिए त्यही अनुसार आएको हो की ? भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, बोलाएर पनि आएको हुँ, तर त्यो मात्रै होइन पार्टीको अरू कार्यक्रमले पनि आएको बताए । 

बृक्षरोपण पछि अध्यक्ष प्रचण्ड पार्टी कार्यकर्ताहरू सँगको कार्यक्रममा अहिले सहभागी भइरहेका छन् भने आज धरानमा हुन गइरहेको जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रममा सहभागी हुने र सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।