झापा : झापाको हाल्दिबारी गाउँपालिका २ मा जङ्गली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन् । 

आज बिहान करिब साढे ४ बजेको समयमा मर्निङ वाकमा निस्केको अवस्थामा हात्तीसँग जम्काभेट हुन पुग्दा फर्सी राजवंशी र उनका छोरा घाइते भएको हाल्दिबारी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष सुकलाल राजवंशीले जानकारी दिए ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको हल्दिवारी प्रहरी चौकी इन्चार्ज पर्शुराम राउतले जानकारी दिए । रातको समयमा ४ वटाको सङ्ख्यामा आएका हात्तीले एउटा पसलमा पनि क्षति पुर्‍याएको बताइएको छ । हल्दिवारीमा पछिल्लो समयमा हात्तीको जोखिम बढ्दै गएको छ ।