इटहरी : नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी मनोज दाहाललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यमा शनिवार सञ्चारकर्मी दाहालकै घरमा पुगेर युनियन सुनसरीले दुर्घटना बापतको एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरपछि बोल्दै महासङ्घका अध्यक्ष पोखरेलले मुलुकमा रहेका पत्रकारहरूलाई दुःखकै समयमा सङ्गठन आवश्यक पर्ने उल्लेख गरे । उनले भने,पत्रकारिता क्षेत्रमा संलग्न भइसकेपछि म सँग संस्था छ, म सँग समुदाय छ भन्ने अनुभूति पत्रकारले गर्न पायो भने त्यही नै सबैभन्दा ठुलो सम्पत्ति हो ।

बीमाले उपलब्ध गराएको रकमले सबै उपचार सम्भव नभए पनि संस्था साथै रहेको अनुभूति गर्नु महत्त्वपूर्ण रहेको उनले बताए । प्रेस युनियनको उक्त कार्य सराहनीय रहेको भन्दै उनले प्रशंसा समेत गरे । पत्रकारले सबै समस्याको सम्बोधन गरिदिए हुन्थ्यो भन्ने चाहने राज्यले पत्रकारका समस्यामा राज्यको लगानी नभएको उनको तर्क छ । 

पत्रकारलाई समस्या पर्दा अभिभावक ग्रहण गर्नका लागि राज्य पनि देखिँदैन, पोखरेलले भने, पत्रकार आफैँले आर्थिकदेखि सामाजिक रूपमा परिपक्व बनाउनुपर्ने बाध्यता छ । प्रेस युनियनको उक्त कार्य सराहनीय रहेको भन्दै उनले प्रशंसा समेत गरे । पत्रकारले सबै समस्याको सम्बोधन गरिदिए हुन्थ्यो भन्ने चाहने राज्यले पत्रकारका समस्यामा राज्यको लगानी नभएको उनको तर्क छ । पत्रकारलाई समस्या पर्दा अभिभावक ग्रहण गर्नका लागि राज्य पनि देखिँदैन, पोखरेलले भने, पत्रकार आफैँले आर्थिकदेखि सामाजिक रूपमा परिपक्व बनाउनुपर्ने बाध्यता छ ।

कार्यक्रममा दुर्घटना पीडित दाहालले आफू दुर्घटना भएपश्चात् अस्पतालमा भर्ना भएकै दिनदेखि प्रेस युनियन सुनसरीले आवश्यकी सहयोग गरेको स्मरण गरे ।

दाहालले भने, हरेक हिसाबबाट सहयोग भएपछि लाग्यो कि, सङ्गठन अपरिहार्य रहेछ, अत्यन्तै आवश्यक रहेछ भन्ने आफूलाई पनि अनुभूति भयो । उनले अहिले आफूलाई स्वास्थ्यमा सोचेभन्दा छिटो निको हुँदै गएको समेत जानकारी गराए । कार्यक्रममा सम्बोधन गर्दै युनियन सुनसरी अध्यक्ष पवन अधिकारीले आफूले युनियनको नेतृत्व सम्हालिसकेपछि पत्रकारितामा सक्रियहरूको हितको निम्ति काम गरिरहेको बताए ।

हामीले अजोड इन्स्योरेन्ससँग सहकार्य गरी दोस्रो चरणमा जिल्लाका २७४ जना सञ्चारकर्मीहरूको दुर्घटना बीमा गरेका छौँ, अधिकारीले भने, एक साता अघि मात्रै दुर्घटना बापतको डकुमेन्ट बुझाएका थियौँ, अर्का एक जना सञ्चारकर्मी पनि दुर्घटना पर्नुभएकाले उहाँको पनि दुर्घटना बीमा दाबी गरिएको छ । उनले कोरोना कालमा कोरोना बीमाको ३० जना सञ्चारकर्मीलाई ३० लाख रुपैयाँ समेत हस्तान्तरण गरिएको स्मरण गरे ।

दाहाल गत एक महिना अगाडि सवारी दुर्घटनामा परी घाइते भएका थिए । उनको बिल बापतको रकम एक साता अगाडि मात्रै युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले र सदस्य विवेक विवश रेग्मीले अजोड इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा डकुमेन्ट बुझाएका थिए ।