झापा : झापाको गौरादह नगरपालिका–१ का फर्निचर व्यवसायी सुरेश शर्मा तिवारीको कारखानामा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ ।

आज बिहान ३ः३० बजेको समयमा तिवारीको कारखानामा विद्युत सर्ट भई आगलागी हुँदा सो परिणामको क्षति भएको हो ।

आगलागीबाट कारखानामा रहेका काठ पात, मेसिनरी सामान जलेर नष्ट भएको छ । आगलागी गौरादह, दमक र कमलको तीन वटा दमकल, गौरादहबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।