धरान : मोरङको सुन्दरहरैचा नगरपालिका–४ स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । 

आइतबार दिउँसो सवा १ बजे प्रदेश १–०२–००१ ख ८३३२ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको को.३८ प ५९५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक सुन्दरहरैचा ४ का २९ वर्षीय कुमार राईलाई उपचारको लागि धरान घोपा लगिएकोमा अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको हो ।

ठक्कर दिने टिपर र चालक इटहरी १ का राज कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।