धरान : मोरङको बेलबारी नगरपालिका-१ बाट प्रतिबन्धित लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बेलुका साढे ५ बजे लागुऔषध खरिद बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी-१ का सुरज गुरुङको घर कोठा खान तलासी गर्दा १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

सोही स्थानमा शङ्कास्पद अवस्थामा रहेका बेलबारी-४ का ३८ वर्षीय इन्द्र गुरुङ र ४१ वर्षीय विनोद राईको साथबाट नाइट्रोभेट ४२ चक्की र डाइलक्स डीसी ३ बोतल समेत फेला परेकोले तीनै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।