धरान : सुनसरीको इटहरीबाट ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

शनिवार बेलुका इटहरी ४ पूर्व स्टेण्डमा रहेको चिया नास्ता पसलमा लागू औषध खैरो हिरोइन लगायतका लागु औषध खरिद तथा संचय गरी राखी विक्री वितरण गर्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा  प्रहरी टोली खटीगई प्रारम्भिक अनुसन्धान गर्नेक्रममा उनीहरूलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा ७ बस्ने वर्ष १९ को समीर विक र जिल्ला सुनसरी इटहरी १० बस्ने वर्ष ४० की दिल कुमारी लाई उनीहरूले लुकाई छिपाइ राखेको खैरो हिरोइन लगायतका लागु औषध तथा विभिन्न कम्पनीको मोबाइल सेट समेत बरामद भएको छ ।

उनीहरूको साथबाट डाइलक्स डिसी १ सय एमएलको ८ बोतल, नाइट्रोजिपाम लेखिएको पत्तामा रहेको १३७ ट्याब्लेट, खैरो हिरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम, सेतो रङको आईफोन १ थान, एन्ड्रोइड लेखिएको स्क्रिन टच मोबाइल १ थान, कलरर्स कम्पनीको कालो रङको मोबाइल १ थान, सामसुङ कम्पनीको निलो रङको मोबाइल १ थान, लाभा कम्पनीको सेतो रङको मोबाइल १ थान र रेडमी कम्पनीको कालो रङको मोबाइल १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  उनीहरूलाई पक्राउ गरी सुनसरी जिल्ला अदालत इनरुवाबाट ६ दिन को म्याद थप भई लागु औषध मुद्दामा अनुसन्धान भई रहेको छ ।