धरान : धरानको-१४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा हरितालिका तिजमा बर्त बस्ने व्रतालुहरूको ठुलो भिड लागेको छ । 

बिहानै देखि लागेको भिड अहिले दिउसो सम्ममा अझ धेरै भिड भएको छ । मन्दिर जाने बाबाधाम मार्गमा सवारी जाम भएका छन् भने मन्दिर परिसर भित्र सयौँ व्रतालुहरूको ठुलो घुइँचो लागिरहेको छ ।

तिज विशेष कार्यक्रम पनि हुने भएकोले झन् ब्रतलुहरुको भिड बढेको हो । धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यतामा कार्यक्रम भइरहेको छ । मन्दिर परिसरमा ठुलो मात्रामा भक्तजनको उपस्थिति भएकोले भिड व्यवस्थापन गर्न नै हम्मे हम्मे भएको छ । 

दुई वर्ष सम्म कोरोना महामारीको कारण यसरी सार्वजनिक स्थलमा तिज पर्व मनाउन नपाएका सर्वसाधारण यस पटक यसरी सामुहिकरुपमा उपस्थित भएर रमाउँदै तिज मनाउदैछन् । 

5Tij-1Tij-2Tij--8Tij--6Tij-5Tij-3Tij--9Tij--7