झापा : झापाको बाह्रदशी गाउँपालिका १ का ८० वर्षीय देवी बहादुर अधिकारीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ।
हिजो बिहान १० बजे मनकामना सामुदायिक बनमा घाँस काट्न गएका अधिकारीलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो । हात्तीको आक्रमणबाट घाइते भएका अधिकारीलाई  उपचारको लागि धरानको  बिपी प्रतिष्ठान लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।