इटहरी : इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले ४ करोड मूल्य बराबरको जग्गा दान गरेका छन्। नेपाली काँग्रेस सुनसरी जिल्ला सभापति समेत रहेका भण्डारीले इनरुवा देवेन्द्र चोकको १९ कट्ठा जग्गा दान गर्ने निर्णय गरेका हुन् ।
मातापिताको सम्मानमा नगरपालिकालाई जग्गा दान गर्न लागेको उनले बताए । केही समयमै सम्पूर्ण प्रक्रिया पुर्‍याएर वृहत् कार्यक्रममा बिच जग्गा नगरपालिकाको नाममा नामसारी गर्ने उनले जानकारी दिए । 
जिल्ला आयुर्वेदिक अस्पताल, आँखा अस्पताल, वृद्धाश्रम स्थापना गर्न पुग्ने गरी जग्गा उपलब्ध गराउन लागेको उनको भनाई छ । भण्डारीले पिता श्रीप्रसाद भण्डारी र माता धर्मशिला/कृष्णमाया भण्डारीको सम्मानमा जमिन दान गर्न लागेका हुन ।