धरान : प्रेस सेन्टर नेपाल सुनसरीको आयोजनामा बुधवारदेखि रामधुनीमा तीन दिवसीय “आधारभूत पत्रकारिता तथा उद्घोषणकला सम्बन्धी तालिम सुरु भएको छ ।

स्थानिय लगौना चोक स्थित सेन्टरको सम्पर्क कार्यालयको हलमा सुरु भएको तालिममा रामधुनीका विभिन्न वडा र कलेजबाट २८ जना सहभागी भएको सेन्टर सुनसरीका अध्यक्ष तीर्थ कार्कीले जानकारी दिए । 

पत्रकारिता सम्बन्धी आधारभूत ज्ञान र उद्घोषणकलाको माध्यमबाट सहभागीहरूको व्यक्तित्व र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । तालिमको पहिलो दिन सेन्टरका केन्द्रीय सदस्य श्रीसिसा राईले प्रशिक्षण दिए ।

पत्रकारिता के हो ? समाचार भनेको के हो ? समाचारका तत्त्वहरू के के हुन ? समाचार कसरी लेख्ने ? लगायतका कुराहरू बारे सहभागीहरूलाई सिकाएको प्रशिक्षक राईले जानकारी दिए । पहिलो दिनको तालिमबाट समाचार भनेको के हो ? समाचार कसरी लेख्ने ? पत्रकारिता भनेको के हो ? भन्नेबारे थाहा भएको सहभागी कृष्ण बहादुर विष्टले  बताए ।

त्यस्तै पत्रकारिता के हो ? भन्ने बारेमा आधारभूत कुरा सिक्न पाएको अर्का सहभागी कुनिता राईले  अनुभव सुनाइन । तालिमको समापन शुक्रवार गरिने प्रेस सेन्टर सुनसरीले जनाएको छ ।