धरान : नेपाल फोटो पत्रकार महासङ्घ सुनसरीको दोस्रो अधिवेशन विकास चाम्लिङको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गर्दै सम्पन्न भएको छ । 

धरान ४, भेडेटार (काम्फेक) स्थित होटल बेस क्याम्पमा फोटो पत्रकार महासङ्घको केन्द्रीय सदस्य उपेन्द्र चाम्लिङको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो ।

विकास चाम्लिङको अध्यक्षतामा १७ सदसिय कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा नवीन गड्तौला, सचिवमा शिशिर राई, सहसचिवमा नसिम अन्सारी पुनः निर्वाचित भएका छन् । 

यस्तै, सहसचिवमा सनम तामाङ, कोषाध्यक्षमा सञ्जु राई (सुमित्रा), सह कोषाध्यक्षमा सागर सिंजाली निर्वाचित भएका छन् ।

पुनः निर्वाचित सदस्यहरूमा सोहन श्रेष्ठ, सञ्जय याक्खा, नरेन कुलुङ, विक्रान्त श्रेष्ठ र शुक्रान्त राई रहेका छन् । यसैगरी यस पटकको नयाँ सदस्यहरूमा लासेवा सुब्बा, मौसमी कार्की, स्नेह श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ र प्रतीप राई रहेका छन् ।

अघिल्लो कार्यसमितिले कोभिडको कारण पूर्ण रूपले काम गर्न पाएको थिएन । यसका बाबजुद उक्त कार्यसमितिले भेडेटार फुड फेस्टिभल तथा धरान डेमा फोटो प्रदर्शनी गरेको, कोभिडको बेला राहत वितरण तथा प्रचारात्मक कार्यक्रमहरू गरेको र फोटो पत्रकारहरूलाई व्यावसायिक बनाउन निरन्तर अभ्यासहरू गरेको संगठानिक प्रतिवेदनमा सचिव सिसिर राईले प्रस्तुत गरेका थिए ।

यस्तै, कार्यकालको बेला नै अघिल्ला कोषाध्यक्ष सुनिता केसी राईको अल्पायुमा नै निधन भएकाले उनी प्रति श्रद्धान्जलि अर्पण गर्दै मौन धारण समेत गरिएको थियो ।

अधिवेशनमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीषण राई, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि चाम्लिङ, क्रियाशील महिला पत्रकार समूहकी अध्यक्ष मनिता चाम्लिङ, महासङ्घका सल्लाहकार किशोर थुलुङ्, रोहित कोयु राई, अग्रज फोटो पत्रकार मोजेश राई लगायतको उपस्थिति रहेको थियो ।