धरान : सुनसरीको धरान उपमहानगरपालिका-८ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-८ का ३९ वर्षीय पुरुषोत्तम श्रेष्ठ र धरान-१५ का २९ वर्षीय विनोद दर्नाल रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार अपराह्न साढे ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको साथबाट २ ग्राम र दर्नालको साथबाट ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
ब्राउन सुगर बरामद भए सँगै प्रदेश १-०२-००३ ह १६४९ नम्बरको ट्याम्पो सहित नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान प्रहरीले जानकारी दिएको छ ।