इटहरी : कोसी राजमार्ग अन्तरगत इटहरी २ आपगाछिमा पिकअपको ठक्करले मोटरसाइकल यात्रुको मृत्यु भएको छ । 

शुक्रवार राती साढे ८ बजे मोटरसाइकलमा यात्रा गरिरहेका इटहरी २ निवासी लोमश दाहाललाई पिकअपले ठक्कर दिएको थियो । 

धरान बाट इटहरी आउँदै गरेको प्र १–०२ –००२ च ४६६२ नम्बरको पिकअपले को १६ प ५७२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इप्रका इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काका अनुसार मोटरसाइकलमा सवार अर्का युवा सरोज गुरागाईँ घाइते भएका छन् । उनको विराटनगरको न्युरो अस्पतालमा उपचार भइहरेको र फरार पिकअप चालकको खोजी तीव्र पारिएको उनले बताए ।