धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका-२ बाट अवैध औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सङ्खुवासभाको धर्मदेवी नगरपालिका-८ घर भई बराहक्षेत्र नगरपालिका-२ मा बस्दै आएका २९ वर्षीय सुरज गुरुङ र उनको श्रीमती २४ बर्षीया पूर्णिमा गुरुङले नियन्त्रित औषधी आफ्नै कोठामा लुकाई छिपाई राखेको भन्ने सूचना आधारमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई कोठाबाट नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट प्रहरीले स्पाईन-९४० ट्याब्लेट र ट्रामाडोल-९१० ट्याब्लेट बरामद गरेको छ । अवैध औषधी सहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागी औषधी व्यवस्था विभाग विराटनगर पठाउने तयारी भइरहेको उक्त कार्यालयले जनाएको छ ।