विराटनगर : मोरङको क्षेत्र नम्बर चारमा प्रतिनिधि सभाको आगामी निर्वाचनमा प्रत्यक्षतर्फ  माओवादी केन्द्रले अमनलाल मोदीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।  

आइतबार बसेको निर्वाचन क्षेत्रीय समितिको बैठकले ४ मङ्सिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सर्वसम्मत रूपले एकल रूपमा उम्मेदवार सिफारिस गरेको हो । 
२०७४ को निर्वाचनमा  मोरङ क्षेत्र नम्बर ४ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार भएका मोदीले नेपाली काँग्रेसमा उम्मेदवार महेश आचार्यलाई पराजित गरेका थिए । माओवादी केन्द्रका मोदी ३३ हजार ५ सय २९ मत ल्याएर विजयी भएका थिए  भने उनका प्रतिद्वन्द्वी काँग्रेसका महेश आचार्यले २६ हजार ८ सय मत प्राप्त गरेका थिए ।
बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ भोगेन्द्र यादव, धर्मलाल माझी, सुनिता सरदार, डोल्मा राजवंशी र शोभित चौधरीको नाम सिफारिस गरेको छ । 
यसै गरी सोही क्षेत्रको प्रदेश सभाको 'क' मा प्रत्यक्षतर्फ विजय विश्वास थारु, पप्पुलाल चौधरी र मनोज राईको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ केवल रार्य, सूर्य नारायण मुडियारी, ध्यानबहादुर वन, उमालाल मण्डल खवास, कुसन सरदार र झलक भगत सिफारिस भएका छन् ।
यस्तै मोरङ ४ 'ख' बाट प्रदेश सभामा प्रत्यक्षतर्फ हरिप्रसाद घिमिरे, ताजिम अन्सारी, किशोरकुमार पाण्डे र देव राजवंशी सिफारिस भएका छन् । समानुपातिकतर्फ यो क्षेत्रबाट सावित्रा अछामी, अञ्जना पोखरेल, सावित्रा गौतम, मनकुमारी गिरी गुरागाईँ, बिन्दि मिश्र, ज्ञानबहादुर कार्की, आमो पौडेले, अशोक शर्मा, तुलसी आपागाँई, पन्चु चौधरी, सरस्वती ओझा र इन्द्रकला भट्टराई सिफारिस भएका छन् ।