काठमाडौँ : विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ भी२५ सिरिजका स्मार्टफोनहरूको प्रि–बुकिङ खुल्ला गरेको छ । ग्राहकहरूले भदौ १९ देखि भदौ २२ गते सम्म भी२५ सिरिजका स्मार्टफोनको प्रि-बुकिङमा आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । भिभोका उत्कृष्ट भी२५ सिरिज चाँडै नै नेपाली प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । 
भी२५ र भी२५ई दुबैमा रङ्ग परिवर्तन हुने ग्लास प्रविधि छ जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ । यसका साथै, दुवै स्मार्टफोनमा फ्लोराइट एजी ग्लास प्रयोग गरिएको छ जसले फोनलाई अझ बढी आकर्षक बनाउँछ । भी२५ सिरिज हल्का तौल र स्टाइलिश डिजाइनमा उपलब्ध हुनेछ । 
भिभोले फोटोग्राफी केन्द्रित ब्रान्डको रूपमा आफूलाई स्थापित गर्दै आएको छ । भी२५ सिरिजले आफ्ना प्रयोगकर्ताहरूलाई अत्याधुनिक क्यामेरा र इमेजिङ प्रविधि प्रदान गर्दछ । दुवै स्मार्टफोनहरू , भी२५ फाइभजी र भी२५ई ले सेग्मेन्टकै उत्कृष्ट विशेषताहरू र चौतर्फी अनुभव प्रदान गर्दछ जसका लागि फ्यानहरूले भी सिरिजलाई व्यापक रूपमा मन पराएको कम्पनीको दाबी छ । 
नयाँ स्मार्टफोन खोजिरहेको सबैका लागि, भी२५ फाइभजी दुई वटा कलर अक्वामेरिन ब्लु र डायमण्ड ब्ल्याकमा उपलब्ध हुनेछ र यसको मूल्य रु ५२,९९९ रहेको छ । भिभो भी२५ई को मूल्य ४२,९९९ रुपैयाँ छ र यो दुई कलर भेरियन्ट-सनराइज गोल्ड र डायमण्ड ब्ल्याकमा उपलब्ध हुनेछ ।